(An Undertaking of Bhaktapur Municipality)
Khwopa College of Law
Affiliated to Purbanchal University
(Dedicated To Country & People)
  • Detail of News

      “बौद्ध दर्शन विश्वकै दर्शन हो”

      Published Date: 2025-05-13

      भक्तपुर, २९ वैशाख । “बौद्ध दर्शनका प्रणेता गौतम बुद्ध ‘विश्वका ज्योति’ हुन् । बुद्धलाई ‘एसियाको ज्योति’ भनी सङ्कुचित पारिएको छ । विज्ञानसम्मत विश्व दृष्टिकोण दर्शन हो । दर्शनलाई कुनै सम्प्रदायसँग मात्र जोड्नु हुन्न । दर्शन मानव जातिको हितसँग जोडिएको हुन्छ ।” उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थानहरू (ख्वप मा.वि., ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान र शारदा क्याम्पस मावि) को संयुक्त आयोजनामा २५६९ औँ बुद्ध जयन्तीको अवसरमा ‘बुद्ध दर्शन र समाज विज्ञान’विषयक ख्वप कलेज अफ लको प्रा·णमा सोमबार भएको प्रवचन कार्यक्रममा व्यक्त गर्नुभएको हो ।

      “लुम्बिनीको राजदरबारमा जन्मनुभएका बुद्धले मानव समाजको विकासको सिलसिला अध्ययन गरेका हुन् । यसकारण, बुद्ध दुःख छ, दुःखको अन्त्य छ† दुःख अन्त्य हुने कारण छ भन्ने निष्कर्षमा पुग्नुभएको हो ।”, उहाँले भन्नुभयो ।

      सांसद सुवालले भन्नुभयो, “मानिस ज·ली युगबाट बाहिर आएको लगभग ७ हजार वर्ष भयो । यो अवधिमा मानिसले भूदास र पुँजीवादी युगजस्ता दुःख सामना ग¥यो र गर्दै छ । कतिपय देशहरू अहिले पुँजीवादी युगबाट समाजवादी युगमा पदार्पण भइरहेका छन् । यो दुःखको अन्त्य हो । पीडितहरूले सङ्घर्ष गरी मुक्ति प्राप्त गर्नु दुःखको अन्त्य हो ।”

      उहाँले भन्नुभयो, “दास र दास मालिक, भूदास र सामन्त, मजदुर र पु“जीपतिवर्गको भइरहनु नै मानवजातिको दुःख हो । दास मालिक र सामन्तवर्गको अन्त्यको साथै कतिपय देशमा पु“जीपतिवर्गको पनि समाप्त हुँदै छ । कतिपय देशमा पुँजीवाद समाप्त हुने क्रममा छ । यो समाज विकासको नियम पनि हो ।

      सांसद सुवालले भन्नुभयो, “बुद्धलाई शान्ति, सहिष्णुता, सद्भावका प्रणेता उल्लेख गरी वक्तव्य प्रकाशित गरेका सरकारमा गएका दलका नेताहरू २५६९ औँ बुद्ध जयन्तीको अवसरमा ‘बौद्ध धर्मावलम्बीहरूलाई’ शुभकामना दिन्छन् । यो बौद्ध दर्शनलाई निश्चित सम्प्रदायमा सीमित पार्ने नियत हो । बौद्ध दर्शन मानवजातिको हितसंग सम्बन्धित विश्व दर्शन हो ।”

      सरकारको नेतृत्वमा पुगेकाहरूको कर्तव्य बौद्ध दर्शनको सारलाई विद्यालय र विश्वविद्यालयमा पाठ्यपुस्तकमा समावेश गराई नयाँ पुस्तालाई शान्ति, सहिष्णुता र सद्भावको ‘दूत’ बनाउने हो । बुद्धको जन्मथलो लुम्बिनी, स्वयम्भूको महाचैत्य, बौद्धको महाचैत्यलगायतलाई बुद्ध जयन्तीको दिनमात्र होइन सधैँ सफा, स्वच्छ र सुन्दर राख्नु जरूरी छ । यहा“का पुरातात्विक क्षेत्र र वस्तु यथास्थितिमा संरक्षण गरिनु आवश्यक छ । तर लुम्बिनी विकास कोषका नाममा भ्रष्टाचार भइरहेको र पुरातात्विक महत्व नष्ट भइरहेको जनगुनासो बढ्दो छ । यतातिर सरकारको यथोचित ध्यान जानु जरुरी छ, उहाँले भन्नुभयो ।

      सांसद सुवालले भन्नुभयो, “बौद्ध दर्शन बुझेर काम गरेको भए सरकारमा गएका नेताहरूले नीतिगत निर्णयलाई अख्तियारको छानबिन बाहिर राख्ने र कर्मचारीको अवकाशपछिको १–२ वर्ष कतै सेवा गर्न नपाइने कानुनी व्यवस्थासम्बन्धी विधेयक बनाउन जोडबल गर्नुपर्ने थिएनन् । महिनौ“सम्म त्रिविको उपकूलपति, नेपाल राष्ट्र बैड्ढको गर्भनर रिक्त राख्न पर्ने थिएनन् । ख्वप विश्वविद्यालय विधेयक रोकि राख्नुपर्ने थिएनन् । बौद्ध दर्शनको महत्व नबुझेकाहरू सरकारमा पुगेकैले नेपाली जनतालाई अहिले थप दुःख भइरहेको हो । अर्थमन्त्रीले संसदमा राजस्वले कर्मचारीलाई तलव दिन धौ धौ भएको बोलेका थिए । सरकारको १२ खर्ब रुपिया“ बेरुजु पुग्यो । सरकारमा गएकाहरूले बौद्ध दर्शनलाई स्वीकार गरेको भए देशको यो दुर्गति हुने थिएन ।”

      उहा“ले भन्नुभयो, “आजका विद्यार्थीले भोलि राजनीति, पत्रकारिता, चिकित्सा, अर्थशास्त्र, विज्ञान, इन्जिनियरिङ क्षेत्रमा नेतृत्व लिने हो । कलेजले विद्यार्थीलाई सबै विषयमा कम्तीमा ६० प्रतिशत नतिजा आउने गरी तयार गर्नु उपयुक्त हुनेछ । यो विषय धेरै वर्ष अगाडि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) ले पनि सुझाउनुभएको हो । कलेजका प्राध्यापक र कर्मचारीको थप ध्यान यतातिर थप मिहेनत हुने विश्वास गर्दछु ।”

      कार्यक्रमका सभापति, कलेज विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बौद्ध दर्शनले सभ्य र सुसंस्कृत समाज निर्माणको लागि मार्ग निर्देश गरेको बताउनुभयो ।

      “बुद्धले मानव जातिको उत्थानको लागि दरबार त्यागेर जानुभएको इतिहास पढ्दै गर्दा नेपालका शासकहरूले दरबार र दरबारको जग्गा नै हडपेको तथ्यले बौद्ध दर्शनलाई गिज्याइरहेको छ”, उहाँले भन्नुभयो ।

      भक्तपुरको सामाजिक र सांस्कृतिक परिवर्तनमा नेपाल मजदुर किसान पार्टीका अग्रजहरूको योगदान महत्वपूर्ण रहेको र उहाँहरूकै असल नेतृत्वकै कारण आज भक्तपुर शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणमा उदाहरणीय नगर बन्न सफल भएको प्रमुख प्रजापतिले बताउनुभयो ।

      बौद्ध दर्शनले आलोचना र आत्मालोचनालाई जोड दिएको धारणा राख्दै प्रमुख प्रजापतिले आलोचना र आत्मालोचनाको अभावमा मानिस स्वेच्छाचारी हुनसक्ने भएकोले रचनात्मक आलोचना जरूरी छ भन्नुभयो ।

      समाज रूपान्तरण स्वतः नहुने भएकोले विश्व सर्वहारावर्गका महान नेता् कार्ल माक्र्सले शोषकवर्गको सत्तालाई मजदुरवर्गले बल प्रयोग गरी मजदुरवर्गको सत्ता कायम गर्नुपर्ने र मजदुरवर्गको शासन सत्ता कायम भएपछि विश्वमा शान्ति कायम हुने माक्र्सवादी सिद्धान्त प्रतिपादन गरेको प्रमुख प्रजापतिले बताउनुभयो ।

      देशको नीति निर्माण गर्ने थलो संसद्मा शासक पार्टीका सांसदहरू हाजिर गरी निस्कने र संसद्को गतिविधिमा भाग नलिने, उपस्थिति अत्यन्त न्यून हुने जस्ता सांसदहरूको गतिविधिले देशको अन्तर्राष्ट्रिय बेइज्जत भइरहेको उहाँले बताउनुभयो ।

      प्रमुख प्रजापतिले भन्नुभयो, “शैक्षिक माफियाहरूको स्वार्थको कारण सबै पूर्वाधार पूरा भएको ख्वप विश्वविद्यालय स्वीकृति भइरहेको छैन । मुखले के भन्छ महत्वपूर्ण होइन व्यवहारले के गरिरहेको छ त्यो महत्वपूर्ण हुने गर्छ ।”

      सरकारले नियोजितरूपमा युवाहरूलाई विदेश धपाइरहेको धारणा राख्दै प्रमुख प्रजापतिले समाजलाई सही नेतृत्व गर्ने र देशलाई दुर्घटनाबाट जोगाउन सक्ने असल नेतृत्व तयार गर्न सक्यो भने मात्र भनपाद्वारा सञ्चालित शैक्षिक संस्थाको औचित्य रहने बताउनुभयो ।

      भनपाले ७५१ जना विद्यार्थीलाई प्रतिव्यक्ति रू. ५ लाख शैक्षिक ऋण उपलब्ध गराइसकेको प्रमुख प्रजापतिले बताउनुभयो ।

      भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज÷विद्यालय सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले शोषणबाट मुुक्ति हुने व्यवस्था समाजवाद हो भन्नुभयो ।

      समाजलाई परिवर्तन ल्याउन तल्लोवर्गका जनताको उत्थान हुनु जरूरी छ भन्दै उपप्रमुख जोशीले भनपाले विकास निर्माणमा जनतालाई संलग्न गराउन उपभोक्ता समिति गठन गरी काम गराइरहेको जानकारी दिनुभयो ।

      ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले बुद्ध दर्शनले भौतिकवादी दृष्टिले चिन्तन गर्न सिकाउने र व्यक्तिको शुद्धीकरण र सामूहिक अनुशासनमा जोड दिने बताउनुभयो ।

      बौद्ध दर्शनको भनाइलाई स्मरण गर्दै उहाँले भन्नुभयो, “शत्रुताले शत्रु नास हु“दैन, मित्रताले शत्रु नास हुन्छ ।”

      ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माकले बौद्ध दर्शन धार्मिक पद्धति नभई सांस्कृतिक क्रान्ति भएको बताउनुभयो ।

      ख्वप कलेज अफ इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुनिल दुवालले बौद्धिक दर्शनमा सोचको स्वतन्त्रता भएको र बौद्ध दर्शनले आलोचनात्मक चेतनालाई जोड दिने बताउनुभयो ।

      ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले बौद्ध दर्शन धर्म नभई जीवन दर्शन र असल जीवन जिउने पद्धति हो भन्नुभयो ।

      ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले सही र गलतबिचको भिन्नता गहिरो अध्ययनले मात्र थाहा पाउन सकिने धारणा राख्दै शिक्षकहरूमा करूणाभाव र सहिष्णु भाव हुनु जरूरी छ भन्नुभयो ।

      कार्यक्रममा ख्वप मा.वि.का इन्चार्ज गोकर्ण दुलालले पनि बोल्नुभएको थियो ।

      ल प्रजापति सभाअध्यक्ष रहनुभएको थियो। स्वागत मन्तव्य ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले राख्नुभएको थियो। शुभकामना मन्तव्य ख्वप परिवारका विभिन्न प्राचार्यहरूले व्यक्त गर्नुभएको थियो भने उपप्रमुख रजनी जोशी र माननीय प्रेम सुवाल मुख्य वक्ता रहनुभएको थियो।कार्यक्रममा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ७ वटा शैक्षिक संस्थाहरूका प्राचार्य, सञ्चालक समितिका सदस्यहरू, शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमको समापन सभापति सुनिल प्रजापति ज्यूले गर्नुभयो। यो कार्यक्रमले बुद्ध दर्शनलाई सामाजिक विज्ञानसँग जोडेर अध्ययन, चिन्तन र संवादको अवसर प्रदान गर्‍यो।

  • More Recent Notices Call for Paper for National Conference on Criminal Law and Justice B.A.LL.B. प्रथम वर्षमा पुनः विद्यार्थी भर्ना सम्बन्धी सूचना खाली हुन गएको कोटामा विद्यार्थी भर्ना लिने सम्बन्धी सूचना खाली हुन गएको कोटामा विद्यार्थी भर्ना लिने सम्बन्धी सूचना छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको बारे। कलेजमा सम्पर्क गर्न आउने सम्बन्धमा जरुरी सूचना BALLB शैक्षिक कार्यक्रमको शैक्षिक सत्र २०८१०८२ का लागि लिइने छात्रवृत्ति प्रवेश परीक्षाको सूचना वक्तृत्वकला प्रतियोगिता हुने सम्बन्धी सूचना जेहेनदार तथा आरक्षित छात्रवृत्तिको लागि आवेदन फाराम भर्ने सम्बन्धमा सूचना बीएएलएलबी पहिलो वर्षको नियमित कक्षा सञ्चालन हुने सम्बन्धमा सूचना B.A.LL.B. को अन्तर्वार्ता सम्बन्धी तेस्रो सूचना B.A. LL.B. को अन्तरवार्ता सम्बन्धी सूचना B.A. LL.B. को अन्तरवार्ता सम्बन्धी सूचना प्रवेश परीक्षाको नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना प्रवेश परीक्षा सञ्चालन हुने सम्बन्धमा सूचना

HOME  |   ABOUT US | NOTICE BOARD  |   NEWS  |   FAQ  |   GALLERY  |   CONTACT

© 2025 Khwopa College of Law. All Rights Reserved.